मन्त्रिपरिषद् पुनर्गठन आज : केही नयाँ आउने, केहीले निरन्तरता पाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

मन्त्रिपरिषद् पुनर्गठन आज : केही नयाँ आउने, केहीले निरन्तरता पाउने

नेकपाको सचिवालय बैठक

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेका प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा बुधबार पुर्नगठन हुने औपचारिक जानकारी गराएका हुन् । यससँगै मंगबारको मन्त्रिपरिषद् बैठक केही मन्त्रीका लागि अन्तिम भएको छ । बुधबार प्रधानमन्त्रीले केही पुराना मन्त्रिलाई बिदा दिँदै नयाँ समेटेर आफ्नो मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारीलाई अन्तिम चरणमा पु¥याएका हुन् ।

एक मन्त्रीका अनुसार मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन भइरहेको जानकारी गराउँदै मन्त्रीलाई औपचारिक कार्यक्रम नराख्न निर्देशन दिएका छन् । तर, कुनकुन मन्त्री हटाउने र नयाँ मन्त्री को हुने भन्नेबारे उनले केही खुलाएका छैनन् ।

‘तपाईहरू चित नदुखाउनुहोला, भोलि म मन्त्रिपरिषद् हेरफेर गर्दै छु । कोही पर्नुहोला, कोही नपर्नुहोला, अहिलेसम्म साथ दिनुभयो त्यसका लागि धन्यवाद छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘तपाईहरूलाई असक्षम भनेर हटाउन खोजेको होइन बाहिर पनि कतिपय सक्षम साथीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि मौका दिनुपर्छ ।’

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गत सोमबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दिएको थियो । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि पार्टी अध्यक्षसमेत रहेका ओलीले बुधबार बिहान नेकपा सचिवालय बैठक बोलाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।