काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ जाँचको लागि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा पुग्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गोलाको तेस्रोपटक डायलाइसिस गर्नका लागि ग्रान्डी अन्तराष्ट्रिय अस्पताल पुगेका पुग्नुभएको हो ।
यसअघि दुईपटक डायलइसिस गरिसक्नुभएका ओलीको तेस्रोपटक डायलसिस गरिने भएको छ । यसअघि ग्रान्डी अस्पतालमै उहाँको डायलइसिस गरिएको थियो । १२ वर्षअघि भारतको नयाँ दिल्लीमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।