बेलायतमा अन्डरवल्र्ड 'दाउद' को ४२ करोड सम्पत्ति जफत | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

एजेन्सी, २८ भदौ । भारतको प्रख्यात माफिया ग्याङस्टर दाउद इब्राहिमको बेलायतमा रहेको लगभग ४२ हजार करोड भारु बराबरको सम्पत्ति बेलायत सरकारले जफत गरेको छ । विश्व कै दोस्रो धनि अपराधीको नामले प्रख्यात डन दाउदको ब्रिटेनमा नै अझै करौडौको सम्पत्ति रहेको बेलायतको अनलाइन न्युज एजेन्सीले जनाएको छ ।

६१ वर्षीय दाउदको बेलायतको मिडल्याण्ड लगाएतका उन्य प्रान्तमा करोडौँको सम्पत्ति रहेको दाबी गरिएको छ । जसका लागि उनले आफ्नै २१ वटा नाम नक्कली नाम बनाएर सम्पत्ति राखेको बेलायत सरकारले दाबी गरेको हो । भारतीय मुलका दाउदको बेलायत लगाएत दबई, पाकिस्तान र भारतमा समेत गैर कानुनी अकुत सम्पत्ति रहेको उनीहरुको दाबी छ । भारतीय प्रहरीका अनुसार बेलायतले ४२ करोड भारुको सम्पत्ति जफत गरेपछि भने अब भने दाउद र उनका साथीहरुलाई कानुनको दायरामा आउन दबाव पर्छ ।

दाउदको भारतमा मात्रै एक बिलिएन डलर भन्दा माथिको प्रोपर्टीहरु रहेको छ । जसको सोर्स भने फिल्म पाइरेसी, हप्ता र प्राय फिल्ममा उनको लगानी रहेको उक्त पत्रिकाको अनुमान छ ।

यो बाहेक उनको भारतमा डि कम्पनी नामक माफिया कम्पनी छ जसले कालोबजारी, लागु औषध व्यापार र हत्याकाण्ड लगाएतका गैरकानुनी काम गर्दै आएको छ ।

यसबाहेक नक्कली नोट कारोबारमा पनि उनको ठुलो हात रहेको सो एजेन्सीले उल्लेख गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);