उद्योगी रुप ज्योतिको रिहाइको माग गर्दै राजधानीमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

उद्योगी रुप ज्योतिको रिहाइको माग गर्दै राजधानीमा प्रदर्शन

rup jyoti rihai ko mag2

काठमाडौं, २८ कात्तिक । उद्योगी, व्यवसायीहरुले आर्थिक लेनदेनको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडौंमा मौन जुलुस निकालेका छन । सुध्रिने मौकासमेत नदिई पूर्व अर्थराज्यमन्त्री समेत रहेका उद्योगपति ज्योतिलाई आर्थिक लेनदेको आरोपमा पक्राउ गरेको उल्लेख गर्दै तत्काल रिहा गर्न माग गर्दै बिहीबार काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन ।

उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्ने लगायतका काम नगर्न सरकारको ध्यानाकर्षण गराउन शान्तिपूर्ण विरोध प्रर्दशनको कार्यक्रम आयोजना गर्नु परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनु भयो । उहाँले उद्योगी, व्यवसायीहरुको सुरक्षा र सम्मानमाथि आँच आउने गरी कुनै पनि कानुन निर्माण नगर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उद्योगपति ज्योतिलाई जग्गाको कारोबारमा ठगी गरेको आरोपमा यही कार्तिक २१ गते प्रहरीले पक्राउ गरेको थियो । बिरोध प्रदर्शनमा सहभागी उद्योगी व्यवसायीहरुले व्यवसायीहरुलाई धरपक्कड नगरी सम्मान र सुरक्षाका साथ व्यवसाय गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);