काठमाडौं, २८ कात्तिक । नेपाली महिला भलिबल ऐतिहासिक उपलब्धि नजिक पुगेको छ । बुधबार बंगलादेशको राजधानी ढाकामा भएको लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सेटमा पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
नेपालले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१३ को सेटमा पराजित गरेको थियो । खेलमा नेपालकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच चुनिएकी थिइन् । यस अघि नेपालले अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो । नेपालले आज माल्दिभ्ससँग नै उपाधिका लागि प्रतिस्प्र्धा गर्ने छ । माल्दिभ्स पनि लिगको दोस्रो स्थानमा रहंदै फाइनलमा पुगेको छ । नेपाल र माल्दिभ्सबीचको फाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि शुरु हुनेछ ।