दार्चुलाका स्थानीयमा थप अतिक्रमणको त्रास | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

दार्चुलाका स्थानीयमा थप अतिक्रमणको त्रास

darchula sthaniya lai tras

दार्चुला, २७ कात्तिक । दार्चुलाको कालापानी क्षेत्रमा सीमा विवाद बढेपछि दार्चुलावासीमा चिन्ता बढेको छ । विवादित क्षेत्रमा थप सुरक्षाकर्मी नपठाइएको र भएका सुरक्षाकर्मी पनि चिसोका कारण तलतल झर्न थालेपछि स्थानीयमा थप अतिक्रमणको त्रास बढेको छ ।

भारतले नेपालको दार्चुला जिल्लाबाट मात्रै झण्डै चारसय वर्गकिलोमिटर जमिन कव्जा गरेको छ । कव्जा गरेको जमिन भारतले आफ्नो नयाँ नक्सामा पारी सार्वजनिक गरिसकेको छ । यस्तो अवस्थामा नेपालको सीमा क्षेत्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले त सीमा क्षेत्रमा स्थायी सुरक्षा क्याम्प राख्न सरकारलाई निर्देशन दिइसक्दा पनि थप सुरक्षकर्मी पठाइएको छैन । दार्चुलाको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा भारतीय अतिक्रमण बढेको हो ।

सडकमा युवाहरुको आक्रोस र संसदीय समितिको बैठकमा सांसदहरुको दवावपछि राज्य व्यवस्था समितिको गत सोमबार बसेको बैठकले सरकारलाई निर्देशन विवादित ठाउँमा सुरक्षा क्याम्प राख्न निर्देशन दिएको थियो । जवाफको क्रममा गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्न थप सुरक्षा बल पठाउने योजना रहेको भनी सांसदहरुलाई आश्वासन दिनु भयो ।

सीमा सुरक्षालाई सुदृढ बनाउने योजना रहेको भनी गृहमन्त्रीले जवाफ दिएको ३ दिन बित्यो । तर विवादित क्षेत्रमा कुनै सुरक्षाकर्मी पुगेको अवस्था छैन । विवादित कालापानी लिपुलेक क्षेत्र दार्चुलाको व्यास गाउँपालिकाकामा पर्छ । गाउँपालिकाका अध्यक्ष दिलीप सिंह बुढाथोकीले सीमामा राज्यको कुनै उपस्थिति नभएको बताउनु भयो ।

सीमा विवादले चर्को रुप लिइरहेको अवस्था छ । विवादित क्षेत्रमा अत्यधिक चिसो छ । घट्दो तापक्रमसंगै थोरै भएका सुरक्षाकर्मी पनि अरु बर्षहरुमा झैँ तलतल झरिसकेका छन् । सुरक्षाकर्मी नहुँदा स्थानीय पनि अहिले चिन्तित देखिन्छन् ।
darchula

सीमा क्षेत्रमै स्थायी सीमा सुरक्षा व्यवस्था (विओपी) नभएपछि दार्चुलाको सीमा सुरक्षाकर्मी विहीन बनेको छ । स्थानीय तहले विओपीको लागि केन्द्र सरकारलाई पटकपटक ज्ञापनपत्र बुझाउँदा पनि कुनै चासो नदेखाएको गाउँपालिका अध्यक्ष बुढाथोकीको गुनासो छ ।

यसरी सीमा विवादले देशको सडकदेखि राज्यका विभिन्न निकायहरु तातिरहेका बेला पनि सरकारले सीमालाई सुरक्षा बल विहीन राखेको छ । यसलाई सरकारको लाचारिता भन्ने कि बेवास्ता । गृहमन्त्रालयले बनाएको योजना दार्चुलाको सीमासम्म पुग्दा भारतले फेरी कति भुभाग अतिक्रमण गरिसक्ला ? चिन्ताको विषय भएको स्थानीयहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);