हेटौंडालाई फूलैफूलको शहरका रुपमा स्थापित गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

हेटौंडालाई फूलैफूलको शहरका रुपमा स्थापित गर्ने तयारी

hetauda ful ko sahar

हेटौंडा, २६ कात्तिक । सफा नगरीको रुपमा परिचय बनाएको हेटौंडालाई अव फूलैफूलको शहर बनाउन हेटौंडा उपनगरपालिका लागि परेको छ । हेटौंडाका जनप्रतिनिधिहरुले शहरका सडक फराकिलो बनाई विभिन्न स्थानमा निमार्ण गरिएका आईल्याण्ड र क्यारीमा समेत विभिन्न प्रजातिका फूलहरु देख्न सकिन्छ । उपमहानगरपालिकाको तथ्यांक अनुसार हेटौंडाका सडकछेउ दायाँबायाँमा ७ हजार ८ सय ४० फूलका बिरुवाहरु रोपिएका छन् ।

सफा नगरीको रुपमा ३ पटकसम्म पुरस्कृत भईसकेको हेटौंडा उपमहानगरपालिका अव फुलै फूलको शहरका रुपमा स्थापित हुने तयारीमा छ । अहिले सफा र हरित नगरी हेटौंडा फूलकै कारण रंगीन समेत हुँदै गएको छ । सडक फराकिलो बनाउने र फूलैफूलको सहर बनाउने कामलाई यहाँका जनप्रतिनिधिले अभियानकै रूपमा लगेका छन ।

भित्री सडकका दायाँबायाँ र डिभाइडरमा त्यस्तै बिभिन्न स्थानहरुमा निर्माण गरिएका आईल्याण्ड र क्यारीमा समेत विभिन्न प्रजातिका फूलहरू देख्न सकिन्छ । शहरलाई व्यवस्थित र आकर्षक बनाउन हेटौंडालाई फूलैफूलको शहर बनाउने अभियान थालिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

हेटौंडाको बुद्धचोकदेखि कान्तिराज पथको डिभाइडरमा लगाएका विभिन्न प्रकारका कति फूलहरू फ्ूलेका छन् त कति फूल्ने क्रममा छन् । डिभाइडरका फूलहरूले बजारलाई रंगीन बनाएको छ । कान्तिराज पथको डिभाईडरमा मात्र होइन, नगरको भित्री सडकका दुवै तर्फका पेटीहरू, आईल्याण्ड र क्यारीलाई फूलले सुन्दर बनाएको छ । यसबर्ष अहिलेसम्म हेटौंडाका सडकमा मौसमी र सदाबहार ७ हजार ८ सय ४० फूलका बिरुवा रोपिएको उपमहानगरपालिकाको तथ्यांक छ ।

बजारमा जताततै फूलफुल्दा नगर नै सुन्दर देखिएको छ । त्यसको संरक्षणमा ध्यान दिनुपर्ने नगरवासीको सुझाव छ ।

सडकका दायाँबायाँ अशोकका बिरुवा रोपेर विगतमा चर्चामा रहेको हेटौंडा उपमहानगरपालिकाले अहिले रंगुन, असारे, मुसुन्डा, करबिर, कल्ली, सयपत्री, नीलजाई, कामिनी जातका फूलका बोट रोपिएका छन् भने अझै फूलका विरुवा रोप्ने क्रम जारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);