आज गणेशमान सिंहको १ सय ५ औं जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

आज गणेशमान सिंहको १ सय ५ औं जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

ganesh man singh

काठमाडौं, २४ कात्तिक । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय ५ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । गणेशमान सिंह तथा जन आन्दोलन सहीद स्मृति प्रतिष्ठानले आइतबार काठमाडौंको शान्ति वाटिकामा एक कार्यक्रमको आयोजना गरि सिंहको जन्मजयन्ती मनाइएको हो ।

कार्यक्रममा सहभागी कांग्रेसका नेताहरुले स्वर्गीय सिंहले नेपाली राजनीतिमा खेलेको भूमिका र योगदानको स्मरण गरेका थिए । कार्यक्रममा कांग्रेसका नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधानले गणेशमान सिंहजस्ता राजनेताहरुको स्मृति दिवस सरकार आफैंले मनाउनुपर्नेमा जोड दिनुभयो ।

नेता प्रधानले बामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका सिंहलाई वर्तमान सरकारले बेवास्ता गरेको समेत बताउनुभयो । कार्यक्रममा सहभागी अन्य नेताहरुले पनि नेपालमा प्रजातन्त्र पुनर्वहालीका लागि गणेशमान सिंहले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);