सामा चकेवा पर्वले मिथिलामा अलग्गै उल्लास | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सामा चकेवा पर्वले मिथिलामा अलग्गै उल्लास

जनकपुरधाम, २२ कात्तिक । छठ पर्वको खरनादेखि कार्तिक पुर्णीमासम्म मनाइने सामा चकेवा पर्वले मिथिलामा अहिले अलग्गै उल्लास थपेको छ ।

अचेल साँझ हुने वित्तिकै जनकपुरधाम लगायतका मिथिला क्षेत्रको प्रायः हरेक घरमा लोकभाकामा सुरिलो गीत सुन्न पाइन्छ । मिथिलामा अत्यन्तै लोकप्रिय यस्ता गीतहरुले भाइ बहिनीको अमर प्रेमको प्रतिक मानिने सामा चकेवा पर्वको महिमा बयान गरिरहेको हुन्छ ।

सामा चकेवाको सन्दर्भमा अहिले मिथिला क्षेत्रको घरघरमा अलग्गै उत्साह छ । दिउँसो माटोबाट तयार पारिएका आकृतिहरु घाममा सुकाई राती रातो डालामा राखेर दीप, बाली घरबाट बाहिर अन्य साथीहरुसँग मिलेर लोकभाकामा गीत गाउँदै सामा खेल्ने परम्परा रहेको छ ।

परम्परागत विश्वासको आधारमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन रहेको छ । मिथिलानी महिला तथा किशोरीहरु आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्छन् र गीत गाउँदै डालालाई दाहिने हातले बढाउँदै बाँया हातले आफुतिर तान्ने प्रचलन रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);