१८ लाख सहित ३ जना हुण्डी कारोबारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

१८ लाख सहित ३ जना हुण्डी कारोबारी पक्राउ

वीरगन्ज, २२ कात्तिक । स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ सहित हुण्डी कारोबारीलाई वीरगञ्जबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

अवैध रुपमा हुण्डी कारोबार गर्ने भारतबाट नेपालतर्फ आउँदै गरेका ३ जनालाई रकम सहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट श्रोत नखुलेको १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरेको प्रहरीको दावी छ ।

शुक्रबार विहान साढे १० बजे प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट तीन वटाब्रो ५एस ३७९२, ब्रो ५ बी १४४४ र ब्रो ६ एआर ३७८९ नम्बरको भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका भारती नागरिक सुधीर कुमार, सहिद आलम र विक्कीकुमार पक्राउ परेको प्रहरीले जानकारी गराएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);