भारतलाई नेपालको एक इन्च जमिन मिच्न दिन्नौं : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

भारतलाई नेपालको एक इन्च जमिन मिच्न दिन्नौं : प्रचण्ड

पोखरा, २१ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकका बारेमा सरकारले विज्ञप्ति निकालेर विरोध गरेको र नेपालको एक इन्च जमिन पनि मिच्न नदिने बताउनु भएको छ ।

अध्यक्ष दाहालले सीमाको सुरक्षाको लागि सिंगो राष्ट्र एकढिक्का हुनु पर्ने बताउनु भएको छ । नेकपा प्रचारप्रसार उपसमिति परिचालन कमिटी कास्की २ द्वारा बिहीबार पोखरामा अयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्त निर्वाचन आचारसंहिता भित्र नपर्ने बताउनु भयो ।

लोकतान्त्रिक पद्धती अनुसार भएको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने दायित्व राजनीतिक पार्टी, निर्वाचन आयोग र सरकारको भएकाले निर्वाचनलाई लोकतान्त्रिक आयामको रुपमा विकास गर्न जरुरी भएको दाहालको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);