काठमाडौं, २१ कात्तिक । नेपाल विरुद्धको तीन दिवसीय क्रिकेटमा इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब एमसीसीले ३ सय २ रनको अग्रता लिएको छ ।
किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीबार नेपाल पहिलो पालो १ सय ५३ रनमा सिमित भएपछि एमसीसीले ३ सय २ रनको अग्रता लिएको हो ।
बिहीबार ६ विकेट गुमाएर ३ सय ११ रनबाट दोस्रो दिको खेल थालेको एमसीसीले ५३ रन थप्दा सबै विकेट गुमायो र ३ सय ६४ रनको योगफल तयार ग-यो ।
जवाफमा नेपालले खराब व्याटिङ गर्दै १ सय ५३ रनमा सबै विकेट गुमायो । नेपालका लागि सन्दीप लामिछानेले सबै भन्दाबढी ३५ रन बनाए । जवाफमा एमसीसीले दोस्रो पालोमा २ विकेट गुमाउँदै ९१ रन बनाउँदा दोस्रो दिनको खेल सकिएपछि नेपाल ३ सय २ रनले पछि परेको छ ।
यसअघि एमसीसीले पहिलो पारीमा दुई सय ११ रनको अग्रता बनाएको थियो । शुक्रबार तेस्रो तथा अन्तिम दिनको खेल हुने छ ।