फागुनसम्म तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

फागुनसम्म तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने तयारी

nepal airlines

काठमाडौं, २१ कात्तिक । वित्तीय संकटमा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी ४ महिनाभित्र तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सुरु गर्ने भएको छ ।

दुई वाइड बडी जहाज पूर्णरुपमा सञ्चालन गर्न नसक्दा आलोचित निगमले फागुनसम्म जापानको नारिता, साउदी अरेबियाको रियाद र चीनको क्वाङचाउ उडान गर्ने बताएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सम्बद्ध मुलुकले उडान अनुमति दिनासाथ निगम उड्न तयारी अवस्थामा रहेको दाबी गरे । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);