काठमाडौं, १९ कात्तिक । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडलेले पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष कँडेलले खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रले पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नु भएको हो । उहाँले नेपाल जस्तो विकासोन्मुख देशहरुले खाद्यन्न प्रणालीमा सुधार गरेर पनि पोषणयुक्त खाद्यन्नको व्यवस्थापन गर्न सक्ने पनि स्पष्ट पार्नु भयो । त्यसका लागि जनतामा चेतना जागृत गराउन लाग्नु पर्नेमा पनि उपाध्यक्ष कँडेलको जोड छ ।
उपाध्यक्ष कँडेलले निजी क्षेत्रले पोषणयुक्त खाद्यन्न व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व अन्तरगतको कोष परिचालन गर्न सक्ने पनि बताउनुभयो ।