टी–२० क्रिकेट : भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

टी–२० क्रिकेट : भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित

india vs bangaladesh

एजेन्सी, १८ कात्तिक । घरेलु टोली भारतविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा बंगलादेशले रोमान्चक जित निकालेको छ । आइतबार राति दिल्लीमा भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा मुस्फिकर रहिमले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सौम्य सरकारले ३९ तथा मोहमद नाइमले २६ रन जोडे । भारतका दिपक चाहर, खलिल अहमेद र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ४१ तथा ऋषप पन्तले २७ रन बनाए । श्रेयर एयरले २२ रन बनाउँदा लोकेश राहुलले १५ रन बनाए । यस्तै कप्तान रोहित शर्मा ९ रनमा आउट हुँदा कुर्नाल पाण्डेयले अविजित १५ रन जोडे । बंगलादेशका एमिन्युल इस्लाम र सैफुल इस्लामले २–२ विकेट लिए । जितसँगै तीन खेलको सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);