३ लाख ५५ हजार सहित चोरीमा संलग्न पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

३ लाख ५५ हजार सहित चोरीमा संलग्न पक्राउ

pakrau

ललितपुर, १७ कात्तिक । महानगरिय प्रहरी प्रभाग इमाडोल ललितपुरले चोरी भएको नगद रकम ३ लाख ५५ हजार सहित १ जनालाई पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिका वडा नम्बर १को बाहुनधारमा पसल गरि बस्ने सिन्धुपाल्चोक सुनकोशी गाँऊ पालिकाकि सम्झना खड्काको चोरी भएको रकम सहित प्रहरीले ललितपुर महानगरपालिका बाफल बस्ने २४ बर्षिय बिनोद महर्जनलाई पक्राउ गरेको हो ।

प्रभागका प्रहरी निरीक्षक राजु कार्कीका अनुसार खड्काले आफनो ब्याग पसलमै राखेर शौचालय गएको समयमा उक्त रकम चोरी भएको र प्रहरीलाई खवर गरेपछि चोरीमा संलग्न महर्जनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । प्रभागबाट प्रहरी निरीक्षक कार्की स्वयं खटिएर हराएको रकम खोजी गर्ने क्रममा महर्जनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

स्थानीयले दिएको हुलियाको आधारमा पछ्याँउदै जाँदा महर्जनलाई घरबाटै नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । महर्जजले उक्त रकम चोरी गरेको स्वीकारेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);