घरबाट सुन र पैसा चोर्ने लिम्बु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

घरबाट सुन र पैसा चोर्ने लिम्बु पक्राउ

ईलाम,१८ माघ ।  चोरीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । फाकफोकथुम गाउँपालिका–१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रूपैयाँ चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश साँवा (लिम्बु)लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बुद्धिमानको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रकाशलाई चोरी भएको सुनसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);