कपिलवस्तु, १७ कात्तिक । कृष्णनगर घटनाका मुख्य आरोपी जमाल साहलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगरमा लक्ष्मीपुजाको मुर्ति विर्सजनमा विवाद सृजना गर्ने र झडप सम्मको अवस्था निम्त्याएको आरोपमा जमाल साहलाई शनिबार उनको निवासबाट पक्राउ गरिएको हो ।
जमाल शाहलाई पक्राउ गरी नियम अनुसारको कडा कारवाही हुनु पर्ने माग सहित सांसद अभिषेक प्रताप शाहले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए । बुधबार भएको उक्त विवादपछि प्रहरीले कर्फ्यू नै लगाउनु परेको थियो । बिहीबार बिहान ११ बजेदेखि लगाइएको कर्फ्यू शनिबारमात्र हटाइएको थियो ।