उपनिर्वाचनमा दलको अलमल : ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना कुर्दै | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

उपनिर्वाचनमा दलको अलमल : ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना कुर्दै

upa nirwachan

काठमाडौं, १७ कात्तिक । उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ । जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस हुँदै आएको हो । १४ मंसिरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी कुल ५२ पदका लागि उपनिर्वाचन हुँदै छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)देखि विपक्षी कांग्रेस हुँदै अन्य साना दलले समेत उपनिर्वाचनका लागि अहिलेसम्म उम्मेदवारबारे निर्णय गर्न सकेका छैनन् ।

खासगरी ठूला दलभित्र उम्मेदवारका लागि आकांक्षी धेरै देखिँदा नाम टुंगो लगाउन सकस पर्दै आएको छ । यसैगरी, एउटा कुनै नाममा तत्कालै निर्णय गर्न समेत असन्तुष्ट पक्षको असहयोग रहने आँकलन गर्दै दलहरूले सकभर मिलाएर र फकाएरै एक जनालाई सर्वसम्मत उम्मेदवार बनाउने कोसिस गरिरहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा  महेश्वर गौतमले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);