छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

काठमाडौं, १६ कात्तिक । सूर्यको उपासना गरी मनाईने छठ पर्व अन्तर्गत शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

छठ पर्वका लागि देशका बिभिन्न पोखरी र जलासय लगायतका स्थान बेहुलीझै सिंगारिएको छ । छठ पर्वको मुख्य दिन शनिवार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको हो ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो ।

छठ पर्वका लागि तराइका जिल्ला सहित काठमाडौंका गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । आइतवार उदाउँदो सूर्यलाई अर्घ्र्य दिएसंगै छठ पर्व समापन हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);