मलुकका विभिन्न स्थानमा नयाँ शहर बनाउने सरकारको योजना कहाँ पुग्यो ? | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

मलुकका विभिन्न स्थानमा नयाँ शहर बनाउने सरकारको योजना कहाँ पुग्यो ?

प्रमिला भण्डारी
काठमाडौं, १५ कात्तिक । सरकारले उपत्यका लगायत मलुकभरका विभिन्न स्थानमा नयाँ नगर बनाउने कार्यलाई यतिखेर तीव्र बनाएको छ । २ बर्ष अघि काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा नयाँ नगर बनाउने घोषणा गरे अनुरुप ३ वटा शहरको डीपीआर तयार भईसकेको जनाएको छ ।

सरकारले उपत्यका भित्र लगभग एक लाख ३० हजार रोपनीमा ४ नयाँ शहर बसाल्ने योजना अनुरुप कामको छनोट गरी ५ देखि २५ बर्षसम्मको समयाअवधिसम्म निर्माण पूरा गर्ने लक्ष्य समेत लिएकोछ ।

विशेषगरी पूर्वाधारको सहज, पहुच र जीवनशैलीमा सुविधा सहितको आधुनिक योजना अनुरुपको शहर हो नयाँ नगर तथा स्मार्ट सिटी । काठमाडौं महानगरपालिकाले पछिल्लो समय काठमाडौं उपत्यका लगायत भक्तपुर र ललितपर जिल्लाका विभिन्न स्थानमा नयाँ नगर बनाउने घोषणा गरेको थियो भने मलुकभरका दश स्थानमा नयाँ नगर बनाउने योजना बनाएकोछ ।

पछिल्लो समय भने तत्कालका लागि काठमाडौं उपत्यकाका विश्वसम्पदा सुचीमा परेका सांस्कृतिक तथा पुरातात्विक सम्पदालाई केन्द्रित गरेर पदमार्ग, हरितमार्ग बनाउने मास्टर प्लान भइरहेको काठमाण्डौं महानगरपालिकाका प्रवक्ता ईश्वर मान डङगोल बताउनुहुन्छ ।

नयाँ नगरकै लागि ३ वटा शहरको डिपीआर तयार भइसकेको र काठमाडौं टोखा शहरको डिपीआर आउन बाँकी रहेको काठमाडांै उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशब न्यौपानको भनाईछ ।

सरकारले स्मार्ट नगरको नाममा राम्रो अवधारण ल्याएपनि यसप्रति विश्वास गरिहाल्नु पर्नै अवस्था नभएको सर्वसाधारण बताउँछन् । काठमाडौं शहरमै नितान्त आवश्यक पर्ने कुराहरु नभएका कारण नयाँ नगर बनाउने परिकल्पना मात्र भएको बताउँछन् सर्वसाधारण । भएकै कुरा व्यवस्थित गर्न सर्वसाधारणले सुझाव समेत दिएका छन् ।

पहिलो स्मार्ट सिटी बनाउन चाहिने एक लाख रोपनी जग्गाले मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूलसडक तथा शालीनदी हुँदै खरिपाटीसम्म समेट्नेछ । दोस्रो स्मार्ट सिटी भक्तपुरकै सूर्यविनायक जंगलको फेदी हुँदै सूर्यविनायकसम्म जोडिनेछ । तेस्रो स्मार्टसिटीमा खोकना हुँदै चोभारसम्मको क्षेत्रफललाई समेटिएको छ । चौथो, स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूलबाटो हुँदै टोखा बाइपाससम्मको योजना रहेकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);