मोरङ, १३ कात्तिक । मोरङको विभिन्न २ स्थानबाट २० जुवाडेलाई नगद ६ लाख ६० हजार २४५ सहित पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं ३ स्थित एक घरबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट कौडा १ सेट (१६ वटा) र नगद ४ लाख ४९ हजार ६३५ बरामद हो । यसैगरी विराटनगर महानगरपालिका वडा नं ८ बाट पनि जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट कौडा १ सेट र नगद दुई लाख दश हजार छ सय दश बरामद हो ।