काठमाडौं, १३ कात्तिक । सरकारले कार्तिक बुधबार सार्वजनिक बिदा दिएको छ ।
नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आजको दिन नेवार समुदायले भाइटीका मनाउँदैछन् ।
काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएका थिए ।