पौने तीन करोड रकम सहित २ सय ४० भन्दा बढि जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

पौने तीन करोड रकम सहित २ सय ४० भन्दा बढि जुवाडे पक्राउ

काठमाडौं, १२ कात्तिक । तिहारको समयमा काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा जुवा तास खेलेको अभियोगमा सयौ पक्राउ परेका छन् ।

जुवा तास खेलेको अभियोगमा काठमाडांै उपत्यकामा मात्रै पौने तीन करोड भन्दा बढि रकम सहित २ सय ४० भन्दा बढि पक्राउ परेका छन् ।

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराध भनि उल्लेख गरेको छ । २०७५ साल भदौ देखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई उक्त संहिताको दफा १२५ मा पहिलो पटक जवा खेल्ने खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था छ ।

त्यस्तै दोस्रो पटकमा एक वर्ष कैद वा ५० हजार जरिवानाको व्यवस्था छ । भने दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ ।

अरु समयमा पनि जुवातास खेलेर पक्राउ परेका घटना हुने गरेका छन् । तर चाडबाडका बेला जुवातास धेरै खेल्ने गरेको पाईन्छ । जुवातास खेलेर अनावस्यक झमेलामा पर्नु भन्दा जुवातास नखेली सभ्य रुपमै पनि चाडवाड मनाउन सकिन्छ ।