प्रधानमन्त्री ओली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

pm oli prasthan

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा सम्पन्न असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किनु भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मीसंग प्रधानमन्त्री ओलीले सम्मेलन सफल भएको बताउनुभयो ।

उहाँले नेपालले कुनै देशलाइ शत्रु भाव नराखी सबैसँग सदभाव कायम गरेर अगाडी बढने निती अवलम्बन गरेको भन्दै समग्रमा सम्मेलन उपलब्धीमूलक भएको उल्लेख गर्नुभयो । सञ्चारकर्मीले सोधेका एक प्रश्नको उत्तरमा नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीलले आफु र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुरी बढेको भन्ने भनाई गलत भएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपाका नेता सुवास नेम्वाङलगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली कार्तिक ७ गते अजरबैजान जानु भएको थियो ।