काठमाडौं, ९ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले विकाश निर्माणको कामलाई तिब्रता दिएको बताउनु भएको छ ।
शनिवार रिपोटर्स नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले अबको केहि महिना पछि सरकारको कामको परीणाम देखिने बताउनु भयो ।
जनताले मेलम्ची खानेपानी आयोजना, उपत्यका भित्रको सडकका विषयलाई लिएर आक्रोश पोख्ने दिन अब नआउने पनि बताउनु भयो । कार्यक्रममा बोल्दै मन्त्री महासेठले पूर्व–पश्चिम रेलमार्ग निर्माण र काठमाडौं–केरुङ रेलमार्गमा पनि काम भइरहेको बताउनु भयो ।
नेपाललाई चिन र भारत दुबै तर्फबाट रेलको संजालले जोड्ने आयोजनाको काम प्रक्रियागत रुपमा धेरै अगाडी बढेको बताउनु भयो । कुनै पनि काम लक्ष्य भन्दा बाहिर नभएको मन्त्री महासेठले बताउनु भयो ।
कार्यक्रममा बोल्दै मन्त्री महासेठले विकाश निमार्णमा ढिला सुस्ती गर्ने जो कोहि पनि कारबाहिमा पर्ने बताउनु भयो । फरक प्रसंगमा मन्त्री महासेठले तत्काल मन्त्रीमण्डमा फेरबदल नआउने बताउनु भएको छ ।
हरेक दिन पत्रपत्रिका सरकारमा मन्त्रीमण्डलको फेरबदल हुने भनेर समाचार आए पनि त्यसको कुनै संकेत आफुले नपाएको पनि बताउनु भयो । मन्त्रीमण्डल फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीको अधिकार भएकोले प्रधानमन्त्रीले नचाहँदा सम्म केहि नहुने बताउनु भयो ।
मन्त्रीमण्डलको फेरबदलको समाचारहरुमा परिवर्तन हुनसक्ने मन्त्री भनेर पहिलो नम्बरमा भने मन्त्री महासेठको नाम आउने गरेको छ ।