प्याकेज सहमति खोज्दै दाहाल | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

प्याकेज सहमति खोज्दै दाहाल

puspa kamal dahal

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अन्य नेताहरूसँग छलफल र भेटघाट बढाएका छन् ।

पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरूलाई छुट्टाछुट्टै भेटेर आफूहरूबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न थालेका हुन् । ‘अब उहाँसँग फेरि अर्को लिखित सहमति गर्नुपर्ने बेला भएको छ, असहमतिका सबै विषयमा प्याकेजमै समझदारी गर्नुपर्छ भन्ने मेरो लाइन हो,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘ओलीजी सहमति कार्यान्वयनमा अब पनि अग्रसर हुनुभएन भने नयाँ ढंगले अघि बढ्नुपर्छ ।’

अध्यक्ष दाहालले समझदारी गर्न खोजेको प्याकेजभित्र के–के पर्छन् त ? स्रोत भन्छ, ‘प्याकेजको एक नम्बर बुँदा दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट हो ।’ २०७५ जेठ २ गते पार्टी एकीकरणको निर्णय हुँदा दुई अध्यक्षले सहमतिका आधारमा सरकारको आलोपालो नेतृत्व गर्ने सहमति गरेका थिए । केही अघिसम्म दाहालले प्रधानमन्त्रीले यो सहमति कार्यान्वयन गर्नुपर्ने बताउँदै आएका थिए ।

तर गत साउन अन्तिम साता दुई अध्यक्षबीच फेरि सहमति भयो । उक्त सहमति पनि कार्यान्वयन गर्न ओली तत्पर नभएपछि दाहालको छटपटी बढेको हो । साउनमा उनीहरूबीच पार्टी सञ्चालनको कार्यकारी अधिकार दाहाल र सरकार सञ्चालनको जिम्मेवारी ओलीले लिने अनौपचारिक सहमति भएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);