एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु

death

काठमाडौं, ७ कात्तिक । उपचारका लागि लैजाँदै गरिएकी श्रीमतीको बाटैमा मृत्यु । श्रीमतीको शव बोकेर फर्कंदै गर्दा एम्बुलेन्स दुर्घटनामा परी श्रीमान्‌को पनि मृत्यु । सिरहाको कर्जानाहा–७ की ६० वर्षीया गंगियादेवी साह र उनका श्रीमान् ६८ वर्षीय शोभित साहले एकै दिन ज्यान गुमाएका हुन् ।

सिरहाकै फूलकुमारी महतो मेमोरियल हस्पिटलमा स्वास्थ्य परीक्षण गर्ने क्रममा मुटुमा समस्या देखिएपछि श्रीमती गंगियादेवी र सालोका छोरा श्रीराम साहलाई लिएर सोमबार राति काठमाडौं आएका शोभितले श्रीमती त बचाउन सकेनन् नै, आफैं पनि घर फर्कन पाएनन् ।

एम्बुलेन्समा काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्र बाँसबारी आउँदै गर्दा बाटोमै गंगियादेवीलाई व्यथाले च्याप्यो । अस्पतालसम्म पुग्नै नभ्याई उनले प्राण त्यागिन् । नाति नरेन्द्र साहका अनुसार मंगलबार बिहान २ बजे अस्पताल पुर्‍याउँदा गंगियादेवीलाई चिकित्सकले मृत घोषणा गरे । त्यतिन्जेलसम्म काठमाडौंको सिफलमा बस्ने कान्छा छोरा देवकुमार र बुहारी निलु पनि अस्पताल पुगिसकेका थिए । उनीहरू शव लिएर त्यही एम्बुलेन्समा घर फर्किने तयारीमा जुटे ।
अस्पतालको प्रक्रिया पूरा गरी करिब पौने ३ बजे शोभित, श्रीराम, देवकुमार र निलु एम्बुलेन्समा सिरहाका लागि हिँडे । चाबहिलमा रोकिएर केहीबेर चिया खाए । करिब पौने ४ बजे त्यहाँबाट छुटेका उनीहरू काभ्रेभन्ज्याङस्थित प्रहरी चेकपोस्ट कटेपछि फेरि रोकिए । निलुले बान्ता गरिन् । चालकहरू रेडबुल खाने भन्दै पछाडिपट्टि लागे । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);