काठमाडौं, ५ कात्तिक । सरकार संचालनको महत्वपुर्ण जिम्मेवारी पाएको नेकपाले आफ्नो पार्टीका कमिटिहरुको बैठक संचालन भने नियमित गर्न सकेको छैन । नेकपा गठन भएको १७ महिनासम्म पनि केन्द्रीय कमिटिको बैठक बस्नै सकेको छैन भने स्थायी कमिटी बैठक बस्न नसकेको करिव १ बर्ष हुन थालेको छ ।
पार्टीका महत्वपुर्ण कामहरु सचिवालय बैठकबाट गर्दै आएको नेकपाको पछिल्लो समय सचिवालय बैठक समेत बस्ने नबस्ने अन्यौलता बढेको छ ।
कुनै पनि पार्टीलाइ प्रभाबकारी रुपबाट संचालन गर्नका लागी उक्त पार्टीका बिभिन्न कमिटिहरुको नियमित बैठक बस्नुपर्ने हुन्छ । तर सरकारको नेतृत्व गरेको नेकपामा भने सचिवालय बैठक बाहेक हालसम्म केन्द्रीय कमिटिको बैठक बस्न सकेको छैन ।
गत बर्ष मंसिर २९ गते संचालन भएर पुसको दोश्रो साता अन्त्य भएको स्थायी कमिटि बैठक बस्न सकेको छैन । स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बस्न नसक्दा पार्टीका महत्वपुर्ण कामहरु सचिवालय बैठकले गर्दै आएको छ ।
तर गत असोज २९ गते बसेको सचिवालय बैठकको पनि अर्को बैठकका लागी मिति तय गर्न सकेको छैन । यसरी पार्टीका स्थायी कमिटि, केन्द्रिय कमिटका बैठकहरु बस्न नसक्दा जनतामा भ्रम पर्न गएको र कार्यकर्ताहरुमा पनि निराशा बढ्दै गएको छ । तर कुनै पनि बाहानामा बैठकको मिति सार्नु नहुने नेकपाका नेताहरुको भनाइ छ ।
करिव ८ लाख नेता कार्यकर्ता रहेको नेकपामा ९ सचिवालय सदस्य, ४५ स्थायी कमिटि सदस्य र ४४५ केन्द्रीय कमिटि संख्या रहेको छ । तर पार्टी संचालनमा महत्वपुर्ण भुमिका राख्ने स्थायी कमिटि बैठक करिव १ बर्षदेखी बस्न सकेको छैन।
गत असोज २९ गते बसेको सचिवालय बैठकले स्थायी कमिटिको बैठकको मिति तय गर्ने भने पनि मिति तय गर्न सकेन । सभामुखकै बिषयमा पनि नेकपा भित्र दुइ धार देखीएको छ । रिक्त सभामुख पदमा कसलाई ल्याउने भन्ने निर्णय गर्न नेकपाका शिर्ष नेताहरुलाई अहिले गाह्रो परेको छ ।
हालसम्म केन्द्रीय अनुशासन आयोग, जेष्ठ नागरिक मंच, प्रवास कमिटि गठन लगाएतका पार्टी एकताका बाँकि कामहरु समेत शीर्ष नेतृत्वले गर्न सकेको छैन । बरु बैठक बस्ने मिति मै आलटाल गरेको देखीन्छ ।
तर पार्टीका जिम्मेवार नेताहरु भने पार्टी भित्र जिम्मेवारी बाँडफाँड लगाएतका समस्याहरु रहे पार्टी भित्र कमिटि प्रणालीमा बैठक बसि समाधान खोजिनुपर्ने सुझाब दिन्छन्।
चुनाब जित्नका लागी गठबन्धन गरेका तत्कालीन एमाले र माओबादीका नेताहरुले कुनै ठोस योजना र उद्देश्य बिना पार्टी एकता गरी नेकपा गठन गरेको हुँदा यस किसिमको समस्या रहेको राजनीतिक बिश्लेषकहरुको युग पाठक बताउँछन् ।
दुइ ठुला कम्युनिष्ट पार्टी एक भएर नेकपा गठन भएको यति लामो समय भइ सकेको छ । तर सचिवालयका ९ सदस्यहरुले मात्र पार्टीलाई संचालन गरेको आफुहरुको बैठक बोलाउन ध्यान नदिएको भनेर स्थायी कमिटि, केन्द्रीय कमिटि सदस्यहरु गुनासो गर्दै आएका छन् ।