महरामाथिको आरोपकाे छिनाेफानाे नहुँदै सभामुखको निर्वाचन गराउन मिल्दैन : देवेन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महरामाथिको आरोपकाे छिनाेफानाे नहुँदै सभामुखको निर्वाचन गराउन मिल्दैन : देवेन्द्र पौडेल

काठमाडौं, ५ कात्तिक । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताउनु भएको छ ।

नेता पौडेलले बलात्कारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएको उल्लेख गर्दै त्यसको अनुसन्धान भईरहेकै बेला सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताउनु भएको हो ।

उहाँले मंगलबार काठमाडौंमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै सभामुखको निर्वाचन विधिसम्मत ढंगले गर्न आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो ।

संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था गरेकाले आफ्नो पार्टी सोही अनुसार अघि बढ्न तयार रहेको नेता पौडेलको भनाई छ ।

नेता पौडेलले जनमतबाट निर्वाचित सरकारलाई दुई तिहाईको दम्भ देखायो भनेर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनमतकै अपमान गरिरहेको आरोप पनि लगाउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);