रौतहट, २७ भदौ । रौतहटको गौर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच तालमेल हुने भएको छ। गौरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको जिल्ला स्तरीय बैठकमा निकै छलफल भएपछि एक अर्कालाई मेयर र उपमेयर पदमा सघाउने तालमेल भएको हो।
यहाँ संघीय समाजवादी फोरम नेपालबाट मेयर पदका उम्मेदवार गौरीशंकर प्रसाद यादव र नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार वीरबहादुर साहलाई सघाउने गरी दुई पार्टीबीच गठबन्धन भएको हो।
मेयर उपमेयर उम्मेदवारद्वय यादव र साहले सोमबार गौरमा भएको पत्रकार सम्मेलनमा नगरको बृहत्तर हितका लागि गठबन्धन भएको बताएका छन्।