फोहोरबाट सिलिन्डरमै बायोग्यास | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

फोहोरबाट सिलिन्डरमै बायोग्यास

silionder maa bayogyas

काठमाडौं, ४ कात्तिक । कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन थालिएको छ ।

पोखरा महानगरपालिकाको मझुवामा साढे दुई वर्ष लगाएर बायोग्यास प्लान्ट निर्माण गरिएको हो ।

उत्पादित ग्यासलाई सिलिन्डरमै भरेर पोखराका उद्योग रेस्टुराँमा आपूर्ति गर्न थालेको गण्डकी ऊर्जा प्रालिले जानकारी दिएको छ । दैनिक ४५ टन फोहोर खपत क्षमताको उक्त प्लान्टबाट दैनिक दुई सय सिलिन्डर ग्यास उत्पादन गर्न सकिन्छ तर अहिले १८ टन फोहोर खपत गरेर दैनिक ४० सिलिन्डर ग्यास मात्र उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।

गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङका अनुसार ४० हजार घनमिटर क्षमताको प्लान्टबाट निस्कने लेदोलाई प्रशोधन गरेर प्राङ्गारिक मलसमेत उत्पादन थालिएको छ । प्लान्टमा अहिले गाईवस्तुको गोबर, कुखुराको सुली, बँगुरको लिदी, उखुको छोक्रा, बियर कारखानाबाट निस्कने फोहोर प्रयोग गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।

ताजा समाचार