विश्व सैनिक गृष्मकालीन खेलकूद आजदेखि सुरु, नेपालसहित १ सय ५ मुलुकको सहभागिता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विश्व सैनिक गृष्मकालीन खेलकूद आजदेखि सुरु, नेपालसहित १ सय ५ मुलुकको सहभागिता

KHELKUD

काठमाडौं, १ कात्तिक । सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता आजदेखि चीनमा शुरु हुँदै छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगिता आजदेखि सुरु हुने भएको हो ।

चिनियाँ जनमुक्ति सेनाले सैनिक खेलकूद गाउँमा आयोजना गरेको यस प्रतियोगिताको मुख्य नारा ‘सैनिक गौरव र विश्व शान्ति’ रहेको छ । यो खेलकुद प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । महासेनानी शशिकिरण रायमाझीको नेतृत्वमा नेपाली खेलाडी झण्डोत्तोलन समारोहमा मार्चपास गर्दै सहभागी भएका थिए ।

समारोहमा नेपालीसहित साउदी अरोबिया, बेलारुस, चिली, मङ्गोलिया र स्लोभानियाका राष्ट्रिय झण्डा एकैसाथ फहराइएको थियो नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ । नेपालसहित विश्वका १ सय ५ मुलुकका १० हजार ७ सय १९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);