नाेबेल अर्थशास्त्रीकाे नेपाल 'कनेक्सन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

नाेबेल अर्थशास्त्रीकाे नेपाल ‘कनेक्सन’

novel sastri abhijit-banerjee-esther-duflo-michael-kremer

काठमाडौं, २८ असोज । सन् २०१९ का लागि अर्थशास्त्रका नोबल पुरस्कार विजेताहरु नेपालसँग सम्बद्ध रहेका छन्। सोमबार तीनजना अमेरिकी अर्थशास्त्रीलाई यस वर्षको नोबल पुरस्कार दिने घोषणा भएको हो। विजेतामा अभिजित बेनर्जी, उनकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमर छन्। उनीहरुलाई गरिबी निवारण र एसिया तथा अफ्रिकाका लाखौं बालबालिकालाई शिक्षा हासिल गर्न सहयोग पु-याएबापत पुरस्कार दिइएको हो। डफ्लो अर्थशास्त्रमा नोबल पुरस्कार पाउने दोस्री महिला हुन्।

उनीहरुद्धारा प्रवद्र्धित -यान्डमाइज्ड कन्ट्रोल ट्रायल अर्थात् आरसिटी नामक अनुसन्धान विधि सबैभन्दा वैज्ञानिक मानिएको छ। ‘यो विधिको प्रयोग चिकित्सक, शिक्षा र विकास परियोजनाको सफलता मापनमा निकै उपयोगी छ’, राष्ट्रिष्य योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले भन्छन्, ‘यो विधि विगत २ दशकमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशहरुमा प्रयोग गरिएको छ।’

आरसिटी विधिमा अनुसन्धान गरिने विषयलाई कन्ट्रोल समूह र ट्रेटमेन्ट समूहमा विभाजन गरिन्छ। ट्रेटमेन्ट समूहलाई बाह्य सहयोग पु-याइएको हुन्छ भने कन्ट्रोल समूहलाई केही सहयोग गरिन्न। यी दुई समूहलाई केही समयपछि सहयोगको असर कति प-यो भनेर अध्ययन गरिन्छ। यसले बाह्य सहयोगको प्रभावकारिता पत्ता लगाउन सजिलो हुन्छ।

स्विडेनको स्टकहोममा रहेका रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले सोमबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘उनीहरुले प्रवद्र्धन गरेको विधि अनुसन्धानमा सबैभन्दा लोकप्रिय विधिको रुपमा प्रमाणित भएको छ। यसले विकास अर्थशास्त्रलाई नयाँ उचाइमा लगेको छ।’ एकेडेमीले ५० लाख भारतीय विद्यार्थी यो विधिवाट प्रत्यक्ष लाभान्वित भएको जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।