यस्ता छन् नेपाल र चीनबीच भएका २० वटा सम्झौताका बुँदाहरु | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

यस्ता छन् नेपाल र चीनबीच भएका २० वटा सम्झौताका बुँदाहरु

sahamati

काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि आपसी सहयोगका विभिन्न विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा आइतबार सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालको २ दिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा द्धिपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको आपसी सहयोगका विभिन्न २० वटा विषयमा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएका छन् । नेपाल र चीनबीच बहुचर्चित काठमाडौं–केरूङ रेलमार्ग र काठमाडौं–केरूङ सडकको टोखा–छहरे तथा बेत्रावती–स्याफ्रुबेसी सुरूङ मार्गको सम्भाव्यता अध्ययन गर्ने लगायतका विषयमा सम्झौता भएको छ ।

यस्ता छन् नेपाल र चीनबीच हस्ताक्षर तथा आदानप्रदान भएका सहमति सम्झौताका बुँदाहरु :

१. सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र जन गणतन्त्र चीनका सरकारहरुबीचको सम्झौता

२. शासन क्षमता अभिवृद्धिमा समन्वय तथा आदानप्रदान सम्बन्धी नेपाल र जनगणतन्त्र चीनका सरकारहरु बीच एमओयू

३. अपराधिक विषयहरुमा पारस्परिक कानूनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीचको सन्धि

४. नेपाल र चीनबीच सगरमाथार झुमुलाङमा संरक्षण समन्वयबारे एमओयू

५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगबीच लगानी एवं उत्पादनशील क्षमताका प्रमुख आयोजनाहरु प्रबर्द्धन गर्ने सम्बन्धी एमओयू

६. छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नका लागि एक्सचेन्ज अफ नोट

७. चीन(नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयू

८. काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगीनी(शहरको सम्वन्ध स्थापना गर्ने सम्वन्धी समझदारी

९. नेपालको बुटबल उपमाहनगरपालिका शहर र चीनको सि’यन शहरबीच भगीनी(शहरको सम्वन्ध स्थापना गर्ने सम्बन्धी समझदारी

१०.नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्प्रागत चिनीया ओखतिको राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिको समन्वय सम्वन्धी एमओयू

११. नेपालको गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्था मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आप्तकालीन प्रतिक्रिया सम्वन्धमा एमओयू

१२. नेपालको महान्यायधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्यूरेटरबीच साझेदारीका विषयमा एमओयू

१३. नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यूसियस इन्स्टिच्यूटबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्यूसियस इन्स्टिच्युट स्थापना गर्ने सम्वन्धमा सम्झौता

१४. नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच नेपालबाट चीनमा अमिला फलको निर्यातका लागि वनश्पती स्वास्थ्यका मापदण्डहरुको प्रोटोकल

१५. व्यापारमा संयुक्त कार्य समुहको स्थापनाका विषयमा नेपालको उद्योग, वाणिजय र आपूर्ति मनत्रालय तथा चीनको वाणिज्य मन्त्रालयबीच एमओयू

१६. नेपालमा चीनको सहयोगमा निर्मित भूकम्प मापन संयन्त्रसम्वन्धी परियोजनाको हस्तान्तरण प्रमाणपत्र

१७ नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी समन्वय कार्यसमुहको स्थापना सम्वन्धी एमओयू

१८. नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास समन्वय एजेन्सीबीच सुरुङ निर्माणमा सहकार्य सम्वन्धमा एमओयू

१९. सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणका लागि एक्सचेन्ज अफ लेटर

२०. नेपालको काठमाडौं उपत्यकामा चिनीया सहयोगका महानगर खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि माइन्यूट अफ मिटिङ ।

शनिबार नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सीले नेपालका समकक्षी भण्डारीले दिनु भएको रात्रीभोजलाई सम्बोधन गर्ने क्रममा रेल्वेको सभाव्यता अध्ययन गरिने बताउनुभएको थियो ।

समझदारी पत्र पूर्वाधार विकासमा केन्द्रित छ । स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

होटल सोल्टीमा आयोजित हस्ताक्षर समारोहलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा सी शनिबार नेपाल आउनुभएको थियो ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);