रातारात सजाइयो राजधानी : लाज छोप्न करोडौं खर्च | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

रातारात सजाइयो राजधानी : लाज छोप्न करोडौं खर्च

xi bhraman ko tayari

काठमाडौं, २५ असोज । छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ। राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको छ।

भत्किएका र जीर्ण संरचना र फोहर थुप्रिएका ठाउँ रंगीन ब्यानरले छोपिएको छ। अस्तव्यस्त तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिएको छ। विमानस्थल–तीनकुने– बानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ। सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ।

सडककिनारका बिजुलीका खम्बामा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीका तस्बिर राखिएका छन्। सडकमा चम्किला र कृत्रिम गेट बनाइएका छन्। पाहुना आउँदा भित्री कुरूपता छोप्न सडक र छेउछाउका संरचना सजाइएको हो।

काठमाडौं महानपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सफाइ र सजावट खर्चको तथ्यांक एकीकृत भइनसकेको बताए। उनले सजावटमा मात्रै मोटामोटी पाँच करोड रुपैयाँभन्दा बढी खर्च भएको बताए। उनका अनुसार हतारहतार काम गर्नुपर्ने भएकाले खर्च कति लाग्यो भनेर जोड्न बाँकी छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);