सिन्धुपाल्चोकमा बस दुर्घटना हुँँदा ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँँदा ५ जनाको मृत्यु

accident

सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जना यात्रुको ज्यान गएको छ । ४० भन्दा बढी घाइते भएका छन् ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो । दुर्घटनामा ४ पुरुष र १ महिलाको ज्यान गए पनि उनीहरूको सनाखत हुन सकेको छैन।

बसमा सवार ५० यात्रुमध्ये अधिकांश घाइते छन् । घाइते सबैलाई प्रहरी, स्थानीयलगायतको सहयोगमा उद्धार गरी विभिन्न अस्पतालमा लैजाने काम भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);