नवनियुक्त मन्त्री पाण्डेद्वारा थोरै समयमा धेरै काम गर्ने प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

२६ भदौ, काठमाडौँ ।

नवनियुक्त वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले आफूले थोरै समयमा धेरै काम गर्न चाहेको बताउनु भएको छ ।

सोमबार सपथग्रहण गरेलगत्तै सिंदरबारमा पुगेर पदभार ग्रहण गर्नु भएको उहाँले संचारकर्मीमाझ समय थोरै भएपनि धेरै काम गर्ने लक्ष्यका साथ आफू मन्त्री भएको प्रतिक्रिया पनि दिनु भयो । मन्त्री पाण्डेले आफू एक्लैले केही गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै कर्मचारीहरुको साथ लिएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले आफू कर्मचारीहरुलाई काम गर्ने वातावरण बनाउन लागि पर्ने पनि उल्लेख गर्नु भयो ।

मन्त्री पाण्डेले चूरे संरक्षणका लागि स्थलगत अवलोकन नै गर्ने योजना पनि अघि सार्नु भयो । उहाँले चूरे संरक्षणको विषयलाई कागज, योजना र भाषणबाजीको विषय बनाएकै कारण यसको विनाश हुँदै गएकोमा आफू सचेत रहेको पनि स्पष्ट पार्नु भयो । मन्त्री पाण्डेले चुरे संरक्षणका लागि आवश्यक योजना बनाउन आफूले सुरुमै स्थलगत अवलोकन गर्न चाहेको पनि स्मरण गराउनु भयो ।

 

मन्त्री पाण्डेले आफू राष्ट्रवादी भएको र राष्ट्रको हितमा केन्द्रित भएर कार्यसम्पादन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);