चाडबाडमा प्याकेटका खानेकुराको प्रयोग बढ्दो | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८१, सोमबार

चाडबाडमा प्याकेटका खानेकुराको प्रयोग बढ्दो

अप्सरा गौतम
काठमाडाैं, १७ असाेज । आधुनिक जीवनशैली, बजारीकरण र कामको व्यस्थताले मानिसहरूले खाने खानामा पनि परिवर्तन आएको छ । घरमा पकाएर खान अल्छि मान्नु र नभ्याएको बहानामा मानिसहरु प्याकेट खानामा आकर्षित भएका छन् ।

यो आकर्षणले मानिसहरु भने झन अस्वस्थ बन्दै गएका छन् । खानामा आएको परिवर्तनसँगै नेपालीहरूमा विभिन्न रोगको संक्रमण बढ्दै गएको छ । अहिले बजारमा लेज, कुरमुरे चाउचाउ लगायतका प्याकेट खाना छ्यापछ्यापती मात्रामा हरेक पसलहरुमा सजिलै पाईने गर्दछ ।

स्थानीय स्तरमा पाइने कोदो, फापर, गहुँबाट उत्पादन हुने खानेकुरालाई नेपालीहरूले खानाको रुपमा उपभोग गर्ने बानी कम हुँदै गएको छ ।

यस्ता खानाको विक्रिवितरण अरु समय पनि निकै नै हुने गर्दछ । तर चाडबाडका समयमा अरु समान जस्तै यस्ता प्याकेटका खाना बढीमात्रामा विक्रि हुने गर्दछ । चाडपर्व मान्नका लागि आफ्ना जन्मथलो जाने क्रममा बालबालिका लागि कोसेली स्वरुप होस वा यात्रामा आफैले प्रयोग गर्न होस् प्याकेटका खानेकुरा प्रयोग गर्ने गरिन्छ ।

विशेषगरी बालबालिका र वयस्कहरु यस्ता प्याकेटका खानेकुराप्रति बढी आकर्षित हुने गर्दछन । तर बजारमा पाइने तयारी खाना खाँदा मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने चिकित्सक बताउँछन ।

प्याकेटमा उपलब्ध हुने तयारी खाना सहज र स्वादिलो हुने भएकाले मानिसको आकर्षण बढे पनि त्यसले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पु-याउने गर्दछ ।

प्याकेटको खानाले बच्चाहरूमा दाँत बिग्रने, युवा अवस्थामै हड्डी खिइने, दुख्ने समस्या देखिने, मोटोपन, सुगर लगायत स्वास्थ्यमा विभिन्न किसिमका असर देखिने गर्दछ ।

अहिले चर्चा बजार अनुगमनको छ । हरेक चाडवाडको नजिक सरकारी संयन्त्र बजार अनुगमनको लागि चलमाउने गर्छ । अनुगमन कति प्रभावकारी छ ? आफ्नै ठाउँमा छ ।

तर खाद्य ऐन २०२३ को नियमावली २०२७ मा बिद्यालय हाताबाट २ सय मिटर भित्रमा यस्ता प्याकेटका खानेकुरा विक्रिवितरण गर्न नपाईने उल्लेख गरिएको प्याकेटका जंगफूडप्रति अनुगमनकारीको ध्यान जानसकेको देखिंदैन ।

नाम कहिलिएका विद्यालय हाता भित्रै यस्ता जंक फुडहरु खुलेआम विक्रिवितरण भइरेहका छन् । बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने थाहा पाउँदा पाउँदै किन यस्ता वस्तुको विक्री वितरणमा अंकुश लाग्न सकिरहेको छैन ? सरोकारवालाहरु प्रश्न गरिरहेका छन् ।

यस्ता किसिमका कार्यको अनुगमन, नियमन तथा नियन्त्रण गर्ने जिम्मा खाद्य प्रविधिको हो तर नियमन निकायले यस विषयलाई सानो विषय सम्झदा भोली यसले डरलाग्दो रुप नलेला भन्न सकिंदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);