कानमा विशेषगरी के-के रोगहरु लाग्छन् ? समस्या, रोकथाम तथा बच्ने उपाय यस्तो छ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

कानमा विशेषगरी के-के रोगहरु लाग्छन् ? समस्या, रोकथाम तथा बच्ने उपाय यस्तो छ (भिडियोसहित)

health desk

काठमाडौं, १७ असोज । कान मानव शरिरको महत्वपुर्ण अंग हो । कानको बनावट हेरेर तीन भागमा विभाजन गरेको हुन्छ । जस्तै मध्य भागमा संक्रमण हुदाँ पीप जम्ने गर्छ । जमेको पीपले कानको जाली प्वाल पारेर बाहिर निस्कन्छ जसलाई कान पाकेको भनिन्छ । बच्चाहरुमा कान पाक्नुका विभिन्न कारणहरु छन् । घाँटी र कान जोड्ने नसा एउटै भएकाले यसको नसा तथा नलीहरु सिधा रहने भएकाले उमेर बढे सँगै प्रउजहरु यस्को नसा टेडो हुने गर्दछ । जसका कारण बच्चाहरुमा घाँटीका सँक्रमण हुने बित्तिकै कानमा असर पर्छ र त्यो छिट्टै पाक्ने गर्दछ ।

प्रउजहरुमा रोग प्रतिरोगात्मक क्षमता बढी र नसा टेडो हुने भएकाले सँक्रमण कम हुने गर्दछ । मान पाक्ने विभिन्न कारणहरु छन् जस्तै बच्चालाई सुतेर वा असजिलो तरिकाले दुध खुवाउँदा, फोहोर पानीमा पौडी खेल्दा, नुहाउँदा, दुर्घटना, झगडा वा कानमा असर पुग्नेगरी कानको जाली फुट्दा, टन्सिलको समस्या हुदाँ, लामो समय रुघाखोकी लाग्दा, कानमा प्रेसर पुग्नेगरी सि सि गर्दा, कानेगुजी झिक्न वा सफा गर्न भन्दै धेरैले सिन्का प्वाँग तथा काँटी जस्ताले कान कोट्याउने गर्दछन् । यसले कानको जालीमा असर गर्नुका साथै विभिन्न सँक्रमण पनि देखा पर्दछ जसकारण कान पाक्ने समस्या उत्पन्न हुने गर्दछ । कान सम्बन्धी थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले नाक कान घाँटी विशेषज्ञ डाक्टर प्रशान्त त्रिपाठी संग गरेकाे कुराकानी र सुझाब यस्तो छ । भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);