आफ्नो पार्टी पहिलो बन्ने यादवको दाबी, शीर्ष दलमाथि लगाए यस्तो आरोप | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

धनुषा, २६ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश र मधेशी जनताहरुका लागि शीर्ष तीन दलले केही नगरेको आरोप लगाएका छन् ।

सोमबार जनकपुरमा भएको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले कांग्रेस, एमाले र माओवादी केन्द्र मधेर र मधेशी जनताका लागि उस्तै भएको आरोप लगाएका हुन् ।

साक्षात्कारमा बोल्दै उनले एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गरेर गल्ती गरेको पनि जिकिर गरे । उनले भने, ‘हुन त एमालेमात्रै होईन, मधेशका लागि सवै ठूला दलहरुले अहिलेसम्म सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन् ।’

तीनै दल मधेश विरोधी भएको बताउँदै यीनीहरु सरकारमा हुँदा मधेशी जनताको छातीमाथि गोली चलाएको आरोप समेत लगाए । अध्यक्ष यादवले एमालेले मधेशमा भोट माग्ने नैतिकता गुमाएको आरोप पनि लगाए ।

उनले आफूहरुले लोकतान्त्रिक अभ्यास गर्दा कोहीपनि आत्तिनु नपर्ने जिकिर पनि गरे । त्यस्तै नेता यादवले २ नम्बर प्रदशेमा आफ्नो पार्टीले धेरै सिट जित्ने दाबी समेत गरे ।

ताजा समाचार