हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने सरकारको तयारी

hulak nepal

काठमाडौं, १५ असोज । सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ । १४१ वर्षदेखि भाडामा संचालन हुँदै आएको हुलाक सेवाको मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले यस वर्ष काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो ।

हुलाक सेवाको मुख्य प्रशासकीय भवन आगामी वर्ष सम्पन्न हुने गरी यस वर्षबाट बनाउने तयारी गरिएको संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो ।

बुधबार काठमाडौंको डिल्लीबजारमा निर्माण गरिएको गोश्वारा हुलाक कार्यालय भवनको उद्घाटन गर्दै उहाँले कामको चाँप हेरेर सरकारले कार्यालयहरुको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्त्री बास्कोटाले सेवाग्राहीहरुको सेवालाई ध्यानमा राखेर कार्य सम्पादन गर्न पनि कर्मचारीलाई सचेत गराउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);