किन मार्जिन कारोबारको कार्यान्वयन ढिलाई ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

किन मार्जिन कारोबारको कार्यान्वयन ढिलाई ?

dhitopatra

प्रमिला खतिवडा
काठमाडौं, १४ असोज । हाल नेपाल स्टक एक्सचेञ्ज नेप्सेबाट २१ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि अनुमति पाएका छन् । मार्जिन कारोबारका लागि आवश्यक पुर्वाधार तयारी भइसकेको अवस्थामा अनुमति पाएका ब्रोकर कम्पनीहरु मार्जिन कारोबारका लागि तयार छन् । तर नेपाल स्टक एक्सचेन्ज नेप्से र सिडिएस एण्ड क्लियरीङ लिमिटेडबीचको समन्वयको अभावले गर्दा लगानीकर्ता यो सुविधा पाउनबाट बन्चित भएका छन् ।

धितोपत्र बोर्डले असोज १ गते नेप्सेलाई परिपत्र जारी गर्दै मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि नेप्सेले अनुमति पाएका ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा शीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । लगानीकर्ताको हित तथा बजारलाई थप चलायमान बनाउन यथाशीघ्र मार्जिन कारोबार सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । तर अनुमति पाइसकेका २१ ब्रोकर कम्पनीबाट लगानीकर्ताले यो सेवा अझै पाउन सकेका छैनन् ।

तर ब्रोकर कम्पनीहरु मार्जिन कारोबार दिन तयारी अवस्थामा रहेको भएपनि नेपाल स्टक एक्सचेन्ज नेप्से र सिडिएस एण्ड क्लियरीङ लिमिटेडबीचको समन्वय अभावले गर्दा रोकिएको बताउछन् । यो विषय छलफलकै क्रममा रहेको कारणले दशै अगाडी नहुने ब्रोकर कम्पनीहरुको भनाइ छ । सेवोनको कार्यविधि र प्राविधिक पक्षहरुमा अन्यौलता भएकाले यो समस्या समाधान गर्नृु पर्ने ब्रोकरको भनाईछ ।

मार्जिन कारोबार निर्दैशिका आएमा लगानीकर्ताले ब्रोकरबाटै रकमको सुविधा लिएर शेयरबजारमा लगानी गर्न पाउँछन् । जसबाट व्याज कम हुने, बैकमा गएर लिन नपर्ने भएकाले लगानीकर्ता भने खुशी देखिएका छन् ।

धितोपत्र बोर्डले दोस्रो बजारमा तरलता अभिवृद्धि तथा धितोपत्र व्यवसायीको दायरा विस्तार गर्ने क्रममा २०७४ कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको हो । तर मार्जिन कारोबारको कार्यन्वयन हुनमा ढिलाई भइरहेकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);