पुल निर्माण ६ वर्षदेखि अलपत्र | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

पुल निर्माण ६ वर्षदेखि अलपत्र

pool

काठमाडौं, १४ असोज । ठेकेदार र सरकारी निकायको बेवास्ताका कारण महोत्तरीको भंगाहा नगरपालिकाको भुताहा खोलामा पक्की पुल निर्माण कार्य अलपत्र परेको छ ।

भंगाहा नगरपालिका–४ र ५ मा आउजाउ सहज बनाउन भुताहा खोलामा ५० मिटर लम्बाइ र ४ मिटर चौडाइको पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले दुई करोड ४२ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । स्विट्जरल्यान्ड सरकारको सहयोग रहने पुल निर्माणका लागि २०७० मा काठमाडौंको एलाइट कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले महोत्तरीकै नर्सिङ निर्माण सेवालाई पेटीठेक्का दिएपछि काम सुरु भएको थियो । तर काम अधुरै छाडिएको छ ।

निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि पुल नबनेपछि महोत्तरीको भंगाहावासीलाई असुविधा भएको छ । खोलाको बगरबाट सवारी आवागमन गर्नुपर्ने बाध्यता छन् । वर्षामा खोला तर्न कष्टकर हुने गरेको स्थानीयले गुनासो गरेका छन् । ठेकेदार कम्पनीले सम्झौताको म्याद पटकपटक थप गराएको थियो । पछिल्लो पटक थपिएको म्यादसमेत गुज्रिएको छ । तत्कालीन जिल्ला विकास समिति कार्यालयबाट अलग भएको पूर्वाधार विकास कार्यालयले अनुगमन र मूल्यांकनको जिम्मेवारी पाए पनि सम्बन्धित कार्यालय र जनप्रतिनिधि कसैले पनि पुल निर्माणमा चासो नदिएको स्थानीयको गुनासो छ ।  यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);