संविधान संशोधन आवश्यक : बालकृष्ण खाँण | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

संविधान संशोधन आवश्यक : बालकृष्ण खाँण

balkrishna khad

धनुषा, १३ असोज । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले वर्तमान संविधानप्रति सबैको स्वामित्व बढाउन संशोधन गर्नुपर्ने बताउनु भएको छ ।

सोमवार धनुषाको जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता खाँणले वर्तमान सरकारले विगतमा संबिधानमा गरेको हस्ताक्षर विपरीत देशलाई कम्युनिष्टकरण गर्न लागिपरेको आरोप समेत लगाउनुभयो ।

उहाँले सरकार विरुद्ध उत्रन सबैलाई आग्रह गर्नुभयो । नेता खाँणले मधेशी, आदिवासी जनजाति, महिला, दलित, हरेक वर्ग, र क्षेत्रलाई सर्वस्वीकार्य हुने गरी संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेकपा नेतृत्व सरकारले चीन सरकारसँग सी विचारधाराका लागि गरेको सम्झौताले मुलुकमा एकदलीय अधिनायकबाद लाद्न खोजेकोे आरोप समेत लगाउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);