नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने 'दक्षिण एशियाकै' पहिलो देश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने ‘दक्षिण एशियाकै’ पहिलो देश

काठमाडौं, १३ असोज । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नु भएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गर्नु भयो ।

उहाँले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफलता हात परेको पनि स्मरण गराउनु भयो ।

सन् २०११ मा सूरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल पनि भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);