मानव सेवा आश्रमलाई सरकारको एक करोड | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

मानव सेवा आश्रमलाई सरकारको एक करोड

manab sewa

काठमाडौं, १३ असोज । सडक मानवलाई उद्धार गरी उनीहरूको उपचार, रेखदेख तथा पुनस्र्थापना गर्दै आएको मानव सेवा आश्रमलाई सरकारले एक करोड रुपैयाँ दिने भएको छ। आश्रमको आइतबार भक्तपुर शाखाको समुद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आश्रमलाई सरकारको तर्फबाट एक करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले आश्रममा आश्रय लिइरहेकालाई समेत सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने उद्घोष गरे। अघिल्लो वर्षसम्म मासिक दुई हजार रुपैयाँ पाउँदै आएका उनीहरूलाई ज्येष्ठ नागरिकहरूले पाउने सामाजिक सुरक्षाभत्तासरह तीन हजार नै प्रदान गरिने प्रधानमन्त्री ओलीले उद्घोष गरेका हुन्।

उनले प्रत्येक स्थानीय तहलाई स्रोतमै सडक मानव तथा बालबालिकाको व्यवस्थापन गर्ने व्यवस्था गर्न निर्देशनसमेत दिए।

आमाबुबा नहेर्ने छोराछोरीको तलब काटिने

प्रधानमन्त्री ओलीले आफ्ना आमाबुबाको हेरचाह नगर्ने छोराछोरीको तलब तथा आम्दानीमा काट्ने व्यवस्था गरिन उद्घोष गरे।  भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ कौशलटारमा भाडाको घरमा आश्रमको गृहप्रवेश गर्दै उनले यस्तो उद्घोष गरेका हुन्।

‘छोराछोरीहरूले आफूलाई जन्म दिने आमाबुबाको हेरचाह गर्नुपर्छ’, उनले भने, ‘यदि हेरिँदैन र हृदयहीनता देखाउँछ भने उनीहरूको तलब र आम्दानी कट्टा गरेर भएर हेरचाह गर्न लगाउनुपर्छ।’

प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई सडक मानवविहीन बनाउने अभियानमा लागेको भन्दै उक्त अभियानमा सघाउन सबैलाई आह्वान गरे। सडकमा आएका मानवको व्यवस्थापनभन्दा घरपरिवार र समाज भएर पनि घरभित्रै बेसहारा भएकाहरूको व्यवस्थापन अहिले चुनौतीपूर्ण रहेको उनको भनाइ थियो। यो समाचार आजको अन्नपुर्ण पोस्ट्मा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);