काठमाडौं, ११ असोज । रौतहट गरुडा नगरपालिका-२ का रुपलाल साह जनकपुरमा मृगौलाको उपचार गराईरहेका थिए । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि आमा श्रीजनदेवीले तत्काल काठमाडौँ लैजाने निर्णय गरिन् ।
एम्बुलेन्स रिजर्भ गर्न पैसा थिए । रौताहत्मै रहेका कान्छा चोरलाई सिधै काठमाडौँ बोलाएर श्रीजनदेवीले बिहिबार साँझ ६ बजे ना ७ ख ५३६४ नम्बरको बसमा रुपलाललाई काठमाडौँ ल्याउदै थिइन् । तर, उनीहरु चढेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्गको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा जाममा रोकियो ।
थाक्रे गाउँपालिका-८ चार किलोमा दुइटा मालवाहक कन्टेनर ठक्कर खाएर राजमार्ग अवरुद्ध भएको थियो । जाममै रहेको बेला साहले बिस्कुट र पानी खाएर बसे । रातभर जाम खुलेन । साहको अवस्था गम्भीर भन्यो । बसका चालक र यात्रुले एम्बुलेन्स खोज्न थाले । साहको बसमै ज्यान गयो ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।