सागमा सहभागी हुने सबै खेलाडी तथा अफिसियलको दुर्घटना विमा हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

सागमा सहभागी हुने सबै खेलाडी तथा अफिसियलको दुर्घटना विमा हुने

saag

काठमाडौं, १० असोज । आगामी मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागमा सहभागी हुने सबै खेलाडी तथा अफिसियलहरुको दुर्घटना विमा हुने भएको छ । गत भदौ २६ गते मन्त्रिपरिषद्बाट पारित भएको साग सञ्चालन कार्यविधिले खेलाडी तथा खेल पदाधिकारीको दुर्घटना विमा गर्ने व्यवस्था गरे अनुरुप राष्ट्रिय खेलकुद परिषद् राखेपले दुर्घटना विमा गर्ने कार्य सुरु गरेको छ ।

खेलका दौरान हुने दुर्घटनाबाट कोही पनि भविष्यमा पीडित हुन नपरोस भन्ने उद्देश्यसाथ विमा गर्न लागिएको राखेपले जनाएको छ । कार्यविधि अनुसार विदेशी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक, व्यवस्थापक, अफिसियलको हकमा नेपाल प्रवेश गरेको दिनदेखि संलग्न भएको खेल समाप्त भएको दिनको पछिल्लो एक दिनसम्मको दुर्घटना बिमा गरिने व्यवस्था गरिएको छ ।

यस्तै विशिष्ट र अति विशिष्ट अतिथिहरुको हकमा नेपाल प्रवेश गरेको दिनदेखि आफ्नो देश प्रस्थान गर्दाको दिनसम्मका लागि दुर्घटना बिमा गरिने जनाइएको छ । नेपाली खेलाडीहरुको भने अहिले देखि नै विमा गरिएको छ । सागमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटानले सहभागीता जनाउँदैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);