ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानी बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानी बाहिरियो

whistleblower complaint trump

एजेन्सी, ९ असोज । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसंग गत जुलाइमा गरेको टेलिफोन कुराकानीकोे सारांश सार्वजनिक गरेको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु भएको घोषणा गरेलगत्तै ह्वाइट हाउसले टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सार्वजनिक गरिएको टेलीफोन कुराकानीमा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्ना सम्भावित प्रत्यासी जो बाइडन र एक युक्रेनी ग्यास फर्ममा काम गर्ने उनका छोराविरुद्ध जाँच सुरु गर्न आग्रह गरेका छन् ।

टेलिफोन कुराकानीमा ट्रम्पले वाइडनको छोरालाई लिएर चर्चा चलिरहेको तर वाइडनले छानविन रोकिदिएको भन्दै अधिकांश व्यक्तिले छानविन खोजेको बताएका छन् ।

ट्रम्पले गत जुलाइ २५ तारिखमा भएको भनिएको टेलिफोन वार्ताको पूर्ण र सम्पादन नगरिएको विवरण सार्वजनिक गर्ने वाचा गरेका थिए ।तर ह्वाइट हाउसले सार्वजनिक गरेको विवरणमा भने अमेरिकी अधिकारीहरूले सुनेर तयार गरिएको संवादमात्रै समेटिएको छ ।

ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्वरुप करिब ४० करोड डलर रोक्न निर्देशन दिएको केही दिनपछि उक्त टेलिफोन कुराकानी बाहिरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);